शुक्रबार, २१ कार्तिक, २०८२

हाम्रो कर्तव्य

कस्तो कस्तो भयो हजुर
आज भोलिको मान्छे
खेती छोडि किनी खाने
आज भोलिको मान्छे

सारै बेमानी भयो
सत्यता नै छैन
बोली वचन राम्रो
छैन नबोलेर भैन

बजारको सामानको
एकिन मूल्य छैन
हाम्ले सामान किन्नै
पर्ने नकिनेर भैन

दिन दुई गुना राति चौगुना
भाउ बढेर गाछ
उपभोक्ता सबैको मन
पिरोलिद‌ आछ

जसले जति लुट्न सक्यो
कतै थुन छेक छैन
हाम्रो जस्तो मुलुकमा
यस्तो गर्ने हैन

गाउँ सुधारौं ठाउँ सुधारौं
राष्ट्र बनाउनु छ
नेपाललाई उन्नतिको
शिखर चढाउनु छ

जाल झेल ढाँट ठक
गरि कमाएको धन
नासिएर जान्छ हजुर
सत्यमा राखौं मन

दाजुभाइ दिदी बहिनी
सबैले मिलेर
यो देशलाई बनाउनु छ
हामी सबै जुटेर

आफ्नो आफ्नो कर्मबाट
सबै गरौं सेवा
दाजै देशमा फल्छ
हजुर शुकर्मको मेवा

बरू गरीवनै ठिक छ
ढाट्नु ठग्नु भन्दा
उधोगीलाई जताततै
कमी छैन धन्दा

कर तिरेर राष्ट्रलाई
समुन्नत पारौं
कर छलेर ब्यवसाय
गर्ने काम छाडौं

राष्ट्र बने हामी बन्छौं।
यै हो मूल मर्म
छोड्नु हुन्न कहिले पनि
हाम्ले आफ्नो कर्म

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार