आशा एउटै कर्मचारीको हुन्छ त्यो हो तलव मात्रै
हो सरकारले मात्रै सुनि दिने निकाय त्यो एउटै
भन्दैन वर्षौ पिच्छे बढाउ मात्र भन्छ तीन वर्षमा
थप् न त तीनहजार थपि दियो मन राख्यो भत्तामा।
बढ्नु पर्ने त खास तलव नै हो तीन वर्ष वितेपछि
तर यो भत्तामै रम्नु पर्ने भयो बजेट् मै परेपछि
विकास बजेट त बाईस् प्रतिशत्को मात्रै बन्न गयो
भत्तामा थपेर माया गरेपछि खुसि त हुनै पर्यो।
भ्रष्टाचारलाई रोकेर देशमा सभ्य देश बनाउँ
अशल गुणी कर्म गरी सवले खराव् प्रवृत्ति हटाउँ
नेता कर्मचारी बेपारी किसान उद्योगी सबै मिलौँ
देश संम्वृद्व बनाउन नेपाली एक भएर जुटौँ।
(“प्रशान्त” २०८२/२/१५/५ बिहीवार खलंगा, प्यूठान)