घर पायक पर्ने जागिर छ,
मेरो नजिकै छ,
आफ्नै गाउँमा
दुई मिनेटको अन्तरमा पुगिन्छ
कार्यालय ह्या!
कार्यालय दश बजे त खुल्ने हो
म पनि दश बजे हिँड्छु
किनकी दुई मिनेटको अन्तरमा
पुगिन्छ कार्यालय!
केही भन्लान् कार्यालय प्रमुख
दुई मिनेट ढिला भो
पाँच मिनेट ढिला भो!
के फरक पर्ला र कार्यालय प्रमुख
मेरै मातहतका हुन।
कसले गर्छ ममाथि प्रश्न उठाउने दाउ?
बानी परिहालेँ अब त प्रमुख ज्यु पनि
किनकि दुई मिनेट मात्र ढिला हुन्छ
म कार्यालय आउन
तिम्रो त घर टाढा छ
विदा स्वीकृत चाहिन्छ!
केही भैहाले घरमा
जान्छु म केही परेछ भने
दगुर्दै आफ्नो निवासमा
र आउँछु फेरि कार्यालय
किनकि दुई मिनेटको अन्तरमा
पुगिन्छ मेरो कार्यालय।