शराव पिउँदैमा मान्छे कहाँ मर्छ?
शरावले पिएर पो तव मान्छे मर्छ
बन्द गर्दैमा कहाँ हुन्छ बन्द शराव
बन्द गर्न त मुख बन्द गर्नु पर्छ।
शरावलाई मन देखि छोड्नु पर्छ
कर गर्दैमा शरावले कहाँ छोड्दछ?
सराव पिउँदा साथीहरू जुट्लान्
शरावबाट हुने घाटा कहाँ छुट्लान्?
शराव पिउनु एक प्रिय नशा हो
छोड्न र बिर्सन नसक्ने आदत हो
धनजन् र ईज्जत् खोस्न जानेको छ
लाभका कुरा दिन कहाँ जानेको छ?
२०८१/११/१३