शुक्रबार, २९ फाल्गुन, २०८२

आमाप्रति श्रद्वाशुमन



(१)

पहिलो गुरु मेरी आमा, सृष्टिकै हाै ज्ञानी।
सभ्यताकी धराेहर हाै, ममताकी खानी।।
सृजनाकी जननी हाै, साैन्दर्यकी रानी।
दुःख कष्टकाे सागर थियाै, धैर्यताकी मुर्ति।।
हरपल याद हाम्रै गर्थाैं, कही थिएन सुर्ति।
सत् सत् नमन मेरी आमा,जगतमाता तिमी।।


(२)
ताेते बाेली फुटाएर, शब्द सिकायाै।
संसार हेर्ने बनाएर, हाम्लाई बिकायाै।।
सच्चा मनथ्थाे मधुर वचन, अति नै सन्ताेषी।
धर्म, कर्म धेरै गर्ने, सद्भाव कति कति।।
आमा हाम्री साक्षत देवी, आत्माले भननी।
काेटी काेटी नमन गर्छु, सृष्टिकी जननी।।


(३)
आमा मेरी सर्वप्रिय, अति मिल्ने साथी।
कुरा सुनी, सल्लाह दिने संसारकै जाती।।
ज्ञानगुणका कुरा सधै, सेवाकाे भावना।
सत् संगत, सत् कर्म, थ्याे उनकाे कामना।।
सर्वप्रिय मेरी आमा, भगवानरूपी तिमी।
सत सत नमन मेरी आमा, सृष्टिकी जननी।।


(४)
प्रेरणा सधै दिइरहने, उत्साहकी खानी।
हाँसी खुशी सधै भरी, कत्ती नरिसाउने।।
गाउँ भरिकाे चाैतारी थियाै, भारी बिसाउने।
अघि बढ्न प्रेरित गर्‍थाै, हिक्मत नहार भन्थाै।।
ज्ञान गुणका कुरा गर्दै, सल्लाह सुझाव दिन्थ्याै ।
हर पल नमन गरिराछु, हे मेरी जननी।।


(५)
मुश्किल पर्दा ताकत दिन्थाैं, शक्तिमाता तिमी।
हरेेश नखा बाबु भन्थाैं, ईश्वररूपी ज्ञानी।।
जीवनको आधार अनि, प्रकाशमय तिमी।
गाउँघरकी प्रियतिमी, सतमार्गकी खानी।।
हाँसी हाँसी सहयाेग गर्ने, निश्चल तिम्राे बानी।
काेटी काेटी नमन गर्छु, हे मेरी जननी।।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार