सोमबार, १२ माघ, २०८२

कविता : प्राज्ञ रत्नाकर देवकोटा

जन्म घर उनको तलिचौर जुम्ला
थर हो देवकोटा ज्योति कुलका
न्वारनको नाम यिनको रत्नाकर
आफ्नै श्रमले बने साहित्यकार ।१।

उन्नाइस सय उनान्सय सालमा
जन्म लिन पुगे बैशाख अठारमा
पिता श्री हुन् रामशंकर यिनका
माता श्री हुन् यिनकी रामशीला ।२।

सानै देखिनै यिनी तेजिला थिए
समाजका लागि केही गर्ने सोच्थे
स्नातक सम्म यिनले पढ्न भ्याए
पढ्दैमा किताब लेख्न पनि भ्याए ।३।

जुम्लेली शब्द र उखान् संग्रह
पहिलो यिनको रचना संग्रह
जुम्ली शब्द र छन् यसमा अर्थ
यसैले पनि यस्को छ महत्व ।४।

जुम्लाको सामाजिक रुपरेखा
यसमा छन् अनेक ज्ञानका दीक्षा
देवकोटा पुस्तकालय यिनले खोली
चेतनाको सन्देश फैलाए पनि ।५।

बाजचरा होस् या मृग बारेमा
डाँफे र घोडा ठेटुवा विषयमा
जुम्लाको प्रशासन लगायतमा
चर्चा छ कर्णालीको अथइतिमा ।६।

कर्णालीको खोजी र खबरी
बृहद जुम्लाको ईतिहास लेखे
बेन्नु सम्पादन, लोककथा पनि लेखे
उखान संग्रह पनि प्रकाशित गरे ।७।

कर्णालीका धार्मिक मन्दिर्
साँस्कृतिक स्थल सम्म लेखे
लेखेका छन् रारा बारे पनि
संकलित छन् लोकगित पनि ।८।

प्राज्ञ लोक संस्कृतिका अग्रज
लेख्थे रचना वरपर देख्थे जब
कर्णालीलाई यिनको छ गुन
प्राज्ञ देवकोटामा गर्दछु नमन ।९।

२०८१/६/१७ गते बिहीबार, घटस्थापनाको दिन

(लेखक चन्दननाथ नगरपालिका-१ तलिचौरका स्थायी बासिन्दा हुनुहुन्छ। उहाँ हाल: जिल्ला न्यायाधिवक्ता जिल्ला सरकारी वकिल कार्यालय, प्यूठानमा कार्यरत हुनुहुन्छ)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार