बिहीबार, २५ पुष, २०८१

गजल : पोल्छ कर्णाली

झुठा आश्वासनले नेता ज्यु भोट लगिरहेछन्,
अनि कर्णाली बासी फेरि पनि ठगिरहेछन्।

प्रीय कर्णाली तिमी जसरी बगिरहेछौ,
हाम्रा पीडा आँसु पनि त्यसरी बगिरहेछन्।

सडक, एम्बुलेन्स त पर छ ! हाम्रो सपना भन्दा,
कठै, अझैसम्म डोका मै बिरामी बोकिरहेछन्।

उसलाई कर्णालीको दु:ख बेची पैसा कमाउनु छ,
नबिर्सनु यहाँ हजारौं आत्माले सरापिरहेछन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार