टायर र इन्जिन समेत मिली कार बन्न सक्छ।
दुई दुई मिलेर अंकगणितमा चार बन्न सक्छ।
नसोच है मनमा कहिँकतै नकारात्मक भाव,
हेर मन मिले यहाँ जीवनको सार बन्न सक्छ।
यदि विश्वास माथि घात गर्यौ भने त्यतिबेला,
हाम्रो मायामा तिम्रो त्यो भ्रष्टाचार बन्न सक्छ।
माझ्दै गर्नु प्रेम सम्बन्ध समाल्दै गर्नु बासना,
बुझ्न नसके प्रेम तमाखुको खार बन्न सक्छ।
यदि तिमीले मलाई पढ्न र बुझ्न सक्यौ भने,
हाम्रो शुन्दर संसार अंझै सिमसार बन्न सक्छ।
लालुपाते र गोदावरी फूलिरहेका छन् यसबेला,
हाम्रो प्रेम मौरीझैँ माया बनाउने घार बन्न सक्छ।
२०८१/९/२० खलंगा, मल्लरानी प्यूठान।