सोमबार, १२ आश्विन, २०८३

कविता : मेरा आँखा फर्फराईरहेछन्

खै किन हो कुन्नि, मेरा आँखा फर्फराउन थालेछन्।
दाइने भए राम्रो, देब्रे भए नराम्रो
बिडम्बना, मेरा दुबै आँखा फर्फराउन थालेछन्।

म ज्योतिष सास्त्रमा अलि विश्वास गर्छु,
सोच्छु
त्यहि भएर होला आज दुबै आँखा फर्फराउन थालेका
म खुसी छु किनकि
कहिल्यै नफर्फराउने मेरा आँखा फर्फराइरहेछन्।

काला-काला ति अतितका क्षणलाई सेता बनाउन या
काला ति अतितलाई झन गाढा बनाउन
खै किन,
मेरा दुबै आँखा फर्फराइरहेछन्।

देश चुनावि माहोलमा हुमलिएको छ,
त्यसैले देशले मुहार फेर्न या ‎अझै कठिन अबस्थामा गुर्जिन
खै किन,
मेरा दुबै आँखा फर्फराइरहेछन्।
‎
हे भगवान आज मेरो दाइने आँखाको जस लागोस्।
मेरो मात्रै होइन तिन करोड नेपालीको त्यो कालो अतित झन
गाढा होइन फिक्का भइदिओस्
देब्रे होइन दाइने जहिल्यै फर्फराइरहोस्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार