हात दिने व्यक्ति न अघि न पछि भइदियो
त्यसैले अलमल र उल्झन बढी भइदियो
एकतर्फ हेरि नसक्नुको थियो यो दुनियाँ
अर्को बाँची नसक्नुको यो जिन्दगी भइदियो
आत्माहत्या गर्न विषय मिल्यो दुश्मनलाई
जब मेरो केही हदसम्म प्रगति भइदियो
हिजो अङ्गाल्ने हरु जलाउन तयार भए
वनको दाउरा घाटको आगो सखी भइदियो














