सोमबार, १२ माघ, २०८२

कविता-निदाउनु छ

निदाउनु छ कतै आशा छोडेर
जसरी डुब्छ सुर्य भोलिका असंख्य योजना छोडेर
नानीहरू अघिनै निदाइसके
पानी उम्लिरहेको भड्डु हेर्दाहेर्दै
गोरीले भनेकी थिई पर्ख नानी हो पाक्तै छ
उस्ले पकवान पर्खाएकी होइन निद्रा पर्खिएकी
पर्खिनु साँच्चै गाह्रो कुरा हो
उनिहरुले उम्लिरहेको पानी पर्खिए
तर निद्राले पर्खेन उनिहरुले जसरी
निद्रालाई थाहा छ त्यो भाँडोको पानी
चुलोमै रहन्छ भोलि बिहानसम्म
र भोकै सुत्छन् रिठ्ठे र गोरी पटुका कसेर
रिठ्ठेलाई निदाउनु छ
भोली बिहानै मालिकको कुकुर नउठ्दै उठ्नुपर्ने छ
र जोतिनुपर्ने छ गोरू जसरी
गोरीलाई निदाउनु छ बेलैमा
र उठ्नु छ बिहानै
जून ननिदाउदै जगाउनु छ ढिक्की र जाँतो
सोहर्नुछ भकारो,भर्नु छ गाग्रो
उठाउनु छ नानिहरूलाई र अह्राइ गुनाइ जानु छ मेलोमा
कसैलाई उठाउन पहिला आफु उठ्नुपर्छ
थाहा छ गोरीलाई !

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार