सोमबार, ८ पुष, २०८१

भारतका‌ प्रख्यात वन्यजन्तु उद्दारकर्मी मुरली नेपालमा

उनी करिब डेढ दशक अघिदेखि संरक्षणका क्षेत्रमा लागिरहेका छन्।

भारतका‌ प्रख्यात वन्यजन्तु उद्दारकर्मी तथा समाजसेवी मुरली अहिले नेपाल भ्रमणमा छन्।

मुरलीवाले हौसला फाउण्डेशन मार्फत समाजसेवामा लागिरहेका मुरली वन्यजन्तु उद्दारका लागि वाइल्ड लाइफ रिह्यावलिटेटर अवार्ड द्वारा विभुषित भएका थिए।

उनी करिब डेढ दशक अघिदेखि संरक्षणका क्षेत्रमा लागिरहेका छन्।

आज(बुधबार) उनी नेपाली सेना लगायत फोटोपत्रकार राज अधिकारी, सर्प उद्दारकर्मी दुर्गा लामीछाने, दिपक नेपाल तथा समाजसेवी सन्तोष गुरुङको टिमसहित राज गोमन सर्पको उद्दारका नवलपरासी पश्चिममा पुगेका थिए।

मुरलीले वन्यजन्तुलाई माया गर्न र यिनको सुरक्षाको सुनिश्चितता गर्न सबैलाई आग्रह गरेका छन्।

तस्बिरहरु : राज अधिकारी

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार