सोमबार, ८ पुष, २०८१

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेत्ररोग विभाग : सन्दुत रुइतले गरे उद्घाटन

हिजो आँखाका समस्या आउँदा रिफर गर्ने डाक्टर आजै आफै सारा अप्रेसन गरिरहेका छन्। अहिले आँखा अस्पतालका निम्ति दुईजना डाक्टर छन्। कर्मचारी थपिदैछन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नै नेत्र रोग विभाग संचालनमा ल्याएको छ। ईएमआरसहितको नेत्ररोग विभा संचनलनमा ल्याइएको हो।

आइतबार वरिष्ठ नेत्ररोग विशेषज्ञ प्रा डा. सन्दूक रुइतले एक भव्य समारोहको बीचमा उक्त विभागको औपचारिक उद्घाटन गरे। काठमाडौंको तिलगंगा आँखा अस्पताल, फ्रेड हलोस फाउण्डेशन र विश्व स्वास्थ्य संगठनको सहयोगमा प्रतिष्ठानले अत्याधुनिक उपकरणहरुसहित नेत्ररोग विभाग सञ्चालनमा ल्याएको हो।

विभाग संचालन सँगै डाक्टर रुईतले आफ्नै उपस्थितिमा एकसयबढीको मोतिबिन्दुको शल्यक्रिया गर्नेकार्यक्रम रहेको छ। जस अन्तरगर्त पहिलो दिन शनिवार मात्रै जुम्लाका ४० जना सर्वधारणको मोतिबिन्दु सल्यक्रिया गरिएको थियोे।

उद्घाटनपछि डा. रुइतले कर्णालीमा दुई हजार जनाको आँखाको शल्याक्रिया गर्ने लक्ष्य रहेको बताए।

‘अबको एक वर्षमा कर्णालीका सबैतिर नेत्र विशेषज्ञ सेवा पुर्‍याउँछौँ,’ उनले भने, ‘कर्णालीका विभिन्न जिल्लामा आँखाको उपचार गर्ने लक्ष्‍य राखेका छौं। राज्यले ठूला भवनमात्र लगानी गरेको छ। हार्डवेयरलाई ध्यान दिँदै सफ्टवेयरलाई महत्व दिन आवश्यक छ।’

डा. रुइतले स्वाथ्य क्षेत्रमा मेडिकल सेवा असाध्यै राम्रो सेवा भएको हुनाले प्रतिष्ठानले तसपना बुन्ने, बुनिएको सपना स्वच्छ पार्नुपर्ने बताए। उनले थपे, ‘आफ्नो पेशालाई मन पराउनुहोस्, अनि पेशाले हजुरहरुलाई मन पराउने छ। स्वास्थ्य क्षेत्रमा मेडिकल सेवा असाध्यै राम्रो छ। पछिल्लो समयमा कर्णालीले स्वास्थ्यका नायकहरु उत्पादन गरिरहेको छ।’

कार्यक्रममा स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कर्णालीको पहिचान बनाउनुपर्ने बताए। ‘कर्णालीमै पढेको भनेर नाक खुम्च्याउने अवस्था आउन नदिनु होला,’ उनले भने, ‘यो प्रतिष्ठानसँग कर्णालीको प्रतिष्ठा जोडिएको छ।’

राष्ट्रिय योजना आयोगका सदस्य आरपी बिछाले संघमा कर्णालीले माग्छ भन्ने भ्रम तोडिएको बताए। उनले भने, ‘ ‘कर्णाली अब माग्ने हैन, दिने ठाउँमा पुगेको छ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले कर्णालीमा आउजाउ गर्न निकै समस्या देखिएको भएपनि प्रतिष्ठानको सेवा निरन्तर चलिरहेको बताए।

अहिले हातद्वारा गरिने अप्रेसन सुरु हुनेछ भने पछि फेको प्रविधिबाट अप्रेसन गर्ने गरि योजना अघि बढिरहेका छन्। उनका अनुसार यो नयाँ प्रविधि पाइपलाइनमा छ। आँखाको एउटा सामान्य विभाग सशक्त अस्पतालमा परिणत हुँदैछ।

लामो समयदेखि निरन्तर प्रयास हुँदा पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आँखा उपचारको बन्दोबस्त मिलाउन सकेको थिएन। आँखाका डाक्टर उपलब्ध नहुनु प्रमुख समस्या थियोे भने राम्रा उपकरण नहुनु अर्को समस्या थियोे।

तीन वर्ष अगाडि डा. विश्व राज तिमिल्सिना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पुगेका थिए। त्यतिबेला कोरोना महामारीको दोस्रो भेरियन्ट आएको थियोे। उपकरण नहुँदा आँखाको सामान्य चेक जाँच बाहेक धेरै हुन सकेन।

उनी आएपछि उपकरणको उपलब्धता राम्रो नभए पनि ओपिडी स्थापना गरेर सामान्य चेकजाँच गराउने काममा सफलता मिल्यो। तर अप्रेसन थियटरको बन्दोबस्त हुन सकेन।

डा. विश्वका अनुसार संसारभीमा सबैभन्दा बढी अप्रेसन आँखाको हुन्छ। उमेर अनुसार मोतिविन्दु सबैलाई हुन्छ। अर्थात् सबैको अप्रेसन गर्नुपर्ने हुन्छ। त्यही अप्रेसन प्रतिष्ठानमा हुँदैन थियोे।

अब भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आफ्नै आँखा रोग विभाग सुरु भएको छ। यसमा आँखाका विश्व प्रसिद्ध प्राध्यापक डा. सन्दुक रुइत जुम्ला पुगेका हुन।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र डा. रुइतको भेट पछि बनेको योजना साकार भएको उपकुलपति रावलले बताए। ‘उहाँ माथिल्लो कर्णालीलाई सहयोग गर्न एकदमै उत्साहित हुनुहुन्थ्यो,’ उनले भने, ‘त्यो व्यवहारमा परिणत पनि गरेर देखाउनु भयो।’

उनका अनुसार विश्वले मानेको एक नामी प्राध्यापक डा.रुइतको सहयोग र साथ कर्णालीले पाएको छ।

तिलगंगा आँखा अस्पताल, फ्रेड हलोज अस्ट्रेलिज पाट्नरले केही सामग्री सहयोग गरेपछि आँखाको मोतिबिन्दुको नियमित अप्रेसन र निरन्तर सेवा विस्तार विस्तार गर्न सकिने डा. विश्वको भनाइ छ।

‘सन्दुक रुइत नै यहाँ आउनु भएको छ। पातारासी, गुठीचौर, ताम्ती, नराकोटबाट स्रक्रिनिङ गरिसकिएको छ,’ उनले भने, ‘मुगु, डोल्पा, कालिकोट सबै ठाउँका बिरामी यहाँ बोलाएर अप्रेसन समेत गरि आँखा अस्पताल सुरु गर्दैछौं।’

‘अस्पताल उद्घाटन र सेवा पछि कमिनिटी स्क्रिनिङ गर्ने र स्कुलमा आँखा चेक गर्नेछौं। माथिल्लो कर्णालीमा देखिने आँखाका समस्याको समाधान अब प्रतिष्ठानले नै गर्नेछ,’ उनले थपे।

अहिले हातद्वारा गरिने अप्रेसन सुरु हुनेछ भने पछि फेको प्रविधिबाट अप्रेसन गर्ने गरि योजना अघि बढिरहेका छन्। उनका अनुसार यो नयाँ प्रविधि पाइपलाइनमा छ। आँखाको एउटा सामान्य विभाग सशक्त अस्पतालमा परिणत हुँदैछ।

आँखाको ओपीडीबाट मात्रै उपचार हुँदा सामान्यदेखि सामान्य समस्याहरु आउँदा पनि रेफर गरेर बाहिर पठाउनु पर्ने बाध्यता थियोे। तर अब जटिल खाले अप्रेसन पनि जुम्लामै हुनेछन्।

‘अब शिविर कुरेर बस्नुपर्ने छैन। शिविर कुरुन्जेल मान्छेको छ महिना देखि वर्ष दिन जान्छ,’ उनले भने, ‘त्यतिन्जेल आँखामा अरु समस्या आउन सक्छन्। त्यसैले अब आँखामा जतिबेला जे समस्या पर्छ त्यसको तत्काल समाधान हुनेछ।’

हिजो आँखाका समस्या आउँदा रिफर गर्ने डाक्टर आजै आफै सारा अप्रेसन गरिरहेका छन्। अहिले आँखा अस्पतालका निम्ति दुईजना डाक्टर छन्। कर्मचारी थपिदैछन्। जसले अस्पताल झन् राम्रो हुने डाक्टर तिमिल्सिनाको भनाइ छ।

उनका अनुसार आँखा अस्पतालका लागि अस्पतालको मध्ये भागमा रहेको एउटा ब्लक प्रयोग हुनेछ भने उपकरणहरु डेड करोडको ल्याइएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार