जुम्लाका नयाँ प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दीपक पौडेलले मंसिर १ गतेदेखि कार्यभार समालेका छन्।
कार्यभार समालेसँगै प्रजिअ पौडेलले जिल्लाका पत्रकारहरुसँग जिल्लामा भएको समस्या र सेवा प्रवाहमा सन्दर्भ अभिमुखिकरण कार्यक्रम गरेका छन्।
नागरिकहरूलाई दिने सार्वजनिक सेवा प्रवाहलाई छिटो र सहज तथा प्रभावकारी सेवा प्रदान गर्न आफू कटिबद्ध रहेको बताएका छन्। आम नागरिकहरूले सेवा लिन एकपटक भन्दा बढी पटक धाउन नपर्ने गरेर वातावरणको तय गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
विकास,सुशासन र पारदर्शी तथा प्रशासनिक कार्यको सन्दर्भमा आफू उत्तरदायी भएको प्रजिअले बताए।
साथै जिल्लामा भएका समस्या जिल्ला प्रशासनले गर्न बाँकी भएका थुप्रै कामहरू के कसरी गर्न सकिन्छ समस्या के छ जिल्लाको अवस्था कस्तो छ? जस्ता विषयमा पत्रकारहरूसँग केही छलफल समेत गरेका छन्।














