सिञ्जा गाउँपालिकाका अध्यक्ष पुर्णप्रसाद धिताल यतिबेला सिञ्जाको विकासको निम्ति मन्त्रालयहरुमा धाइरहेका छन्। सिञ्जाको क्षेत्रको विकास गर्न र यहाँका जनतालाई घर आँगनमै सेवा प्रवाह गर्न यतिबेला अध्यक्ष धिताल विभिन्न मागसहित मन्त्रालय धाइरहेका हुन्।
आज सिञ्जा बहुप्राविधिक शिक्षालयमा पठन पाठनको स्वीकृतिका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनसँग भेटेर उनले आग्रह गरेका छन्। मन्त्री पुनःले भोलिको सिटीभिटीको बैठकमा छलफल गर्ने र आवश्यक निर्णय लिने आश्वासन दिएका छन्।
त्यस्तै निमावि शिक्षक अनुदान,कम्प्युटर तथा डिजिटल स्कुलका विषयमा समेत धितालले शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएका हुन्।
त्यस्तै सिञ्जा गाउँपालिका २ रनुखाना र सिञ्जा ३ मा पर्ने कोटेसाँघु पक्कीपुल निर्माण गर्न थप बजेट व्यवस्था गर्न चुलेलगाँउ नराकोट हुँदै कनकासुन्दरीसम्मको मोटरबाटो पिच गर्न बजेट थप गर्न र रुघाखोला,भाडगाँउको खोलामा अर्को ब्रीज पक्की पुल निर्माणको लागि बजेट फुकुवा गर्न तथा सित्न्जा क्षेत्रमा हिमा,सिञ्जा र कनकासुन्दरीमा तुरुन्तै विद्युत प्रसारण लाइन जडान गर्नको निम्ति ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको ध्यानाकर्षण गराएका छन् ।
सिञ्जा जस्तो ऐतिहासिक क्षेत्रको विकास गर्न सरकार सकारात्मक भएको भन्दै चुनावी सरकार भएकाले विविध समस्या औंल्याउदै जतिसक्दो समस्या समाधान गर्ने मन्त्री घिसिङले आश्वासन दिएको धितालले बताए।
यता केदारनाथ पर्यटकीय विकास, विष्टबाडा खस संग्रहालय र रुघा,शनिगाँउ,गोराँ सिँचाइ कुलोको बजेट फुकुवा गर्न र सिञ्जा गाउँपालिकामा स्याउ खेती विस्तार,गुणस्तर र बजारीकरण जस्ता विषयमा कुरा राख्न भोलि पर्यटन,कृषि तथा अर्थ मन्त्रालयमा समय मागेको अध्यक्ष धितालले जानकारी दिए।














