मंगलवार, १३ माघ, २०८२

प्रियासनको नयाँ लुगाको पाण्डुलिपी १० दिनमै सार्वजनिक!

कार्तिक महिनामा एउटा उपन्यास प्रकाशित गरिसकेकाले कम्तिमा एक महिनाको ग्याप राखौँ भनेर साथीभाइको सल्लाह ग्रहण गरेर ‘नयाँ लुगा’ मंसिरमा ल्याउन लागिएको प्रियासनले जानकारी दिनुभयो ।

नेपालकै दोस्रो सर्वाधिक धेरै उपन्यास प्रकाशित गर्नु भएका उपन्यासकार सविन प्रियासनले प्रकाशन गर्न लागिरहेको नयाँ उपन्यास ‘नयाँ लुगा’ को पाण्डुलिपी सार्वजनिक भएको छ । उपन्यास लेख्न सुरु गरेका १० दिनमै उहाँले पाण्डुलिपी सार्वजनिक गर्नु भएको हो ।

उपन्यासको पाण्डुलिपी उपन्यासकार सविन प्रियासनकी आमा कृष्णकुमारी श्रेष्ठ चौधरी र ८२ वर्षीय साहित्यकार एकराज शर्मा अधिकारीले सार्वजनिक गर्नु भएको हो । उपन्यास प्रकाशन गर्ने अन्तिम तयारी भए पनि उहाँले यसलाई बजारमा मंसिर महिनामा मात्र ल्याउने बताउनुभयो ।

‘उपन्यास अबको चारदिनभित्रै बजारमा ल्याउन पनि सकिन्छ, तर म यसलाई मंसिरमा ल्याउने योजना बनाएको छु’, उहाँले थप्नुभयो, ‘भित्रैबाट इच्छाशक्ति हुने हो भने लेख्न सुरु गरेको १५ दिनभित्रै बजारमा उपन्यास ल्याउन सकिदो रहेछ ।’

कार्तिक २ गते ‘कालो मन’ उपन्यास प्रकाशन गर्नु भएका प्रियासनले ‘कालो मन’ उपन्यास लेख्न सुरु गरेको २५ दिनमै बजारमा ल्याउनु भएको थियो ।

कार्तिक महिनामा एउटा उपन्यास प्रकाशित गरिसकेकाले कम्तिमा एक महिनाको ग्याप राखौँ भनेर साथीभाइको सल्लाह ग्रहण गरेर ‘नयाँ लुगा’ मंसिरमा ल्याउन लागिएको प्रियासनले जानकारी दिनुभयो ।

‘नयाँ लुगा’सँगै प्रियासनको १३ उपन्यास, एक कथा र एक सम्पादकीयको संग्रह बजारमा आउनेछ । यस वर्ष उहाँले ‘कडी’ र ‘कालो मन’ उपन्यास प्रकाशित गरिसक्नु भएको छ भने ‘नयाँ लुगा’ अब केही दिनमा प्रकाशित हुनेछ ।

यस वर्ष थप केही अन्य उपन्यास पनि प्रकाशन गर्ने योजना बनाएको बताउने प्रियासन हाल नेपाल पत्रकार महासंघको केन्द्रीय सचिव समेत हुनुहुन्छ ।

सामाजिक अभियानहरूमा सक्रिय प्रियासनले उपन्यास लेखनमा गहिरो रुचि राख्नु हुन्छ । राप्ती साहित्य परिषद्को पूर्व केन्द्रीय महासचिव समेत भइसकेका प्रियासन हाल साहित्य र पत्रकारितामा पनि सक्रिय हुनुहुन्छ ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार