सुर्खेतमा ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ०३ बाट लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका हुन्।
कार्तिक २० गते बिहान अन्दाजी १०:०० बजेको समयमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका वडा नं. ०३ बस्ने वर्ष अन्दाजी २२ का मधुसुधन कटुवाल र सोही स्थानका वर्ष अन्दाजी २४ का खेमराज कटुवाल रहेको प्रहरीले जनाएको छ। उक्त स्थानमा शंकास्पद अवस्थामा फेला परेका निजहरूको शरीर र घरकोठा खानतलासी गर्दा २ ग्राम ४६० मिलिग्राम (दुई ग्राम चार सय साठी मिलिग्राम) लागूऔषध ब्राउनसुगर बरामद भएको हो।
पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापा ले जानकारी दिए।
















