जुम्लामा जुवा खेल्दै गरेको अवस्थामा सातजना प्रकाउ परेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाले जुवा खेलिरहेको आरोपमा सात जना व्यक्तिलाई पक्राउ गरेको छ।
कात्तिक १ गते बेलुकी करीब ७:५० बजेको समयमा चन्दननाथ नगरपालिका–१ स्थित एक घरमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी ) रविनबाबू रेग्मीले जानकारी दिएका छन्।















