मंगलवार, १३ माघ, २०८२

जुम्लाको तातोपानीमा आगलागी

जुम्लाको तातोपानी गाउँपालिका–५ लाम्रामा कमल सार्कीको घरमा आगलागी भएको छ।

उनको टिनले छाएको १२ कोठे कच्ची घरको पहिलो तलाबाट अचानक आगलागी भएको छ।

आगलागीको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी हवल्दार रामप्रसाद बजगाईको कमाण्डमा ४ जनाको टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ।

सोही क्रममा कर्णाली विपद् व्यवस्थापन गुल्म, जुम्लाबाट प्रहरी निरीक्षक प्रकाश हमालको नेतृत्वमा १४ जनाको अतिरिक्त टोली पनि परिचालन गरिएको हो।

यस्तै, सशस्त्र प्रहरी बल नम्बर ३३ गुल्म, जुम्लाको टोली समेत आगो नियन्त्रण तथा उद्धार कार्यमा सहयोगका लागि खटिएको छ।

आगलागी नियन्त्रणका लागि स्थानीयवासी, प्रहरी र सशस्त्रले संयुक्त प्रयास गरिरहेका छन्।

क्षतिको विवरण अझै संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार