अन्तरिम सरकारको नेतृत्वमा नवनियुक्त तीन मन्त्रीले सपथ लिएका छन्।
सपथ लिनेमा, अर्थमन्त्रीमा रामेश्वर खनाल, कुलमान घिसिङलाई ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र अधिवक्ता ओमप्रकाश अर्यालले गृह र कानुन मन्त्रालयको सपथ लिएका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार तीन जना मन्त्रीलाई नियुक्त गरेका छन् ।
सोमबार राष्ट्रपति भवन शीतल निवासको खण्डहरअगाडि मन्त्रीहरूलाई शपथ दिलाइएको थियो । शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललगायत उच्चपदस्थ अधिकारी लगायत उपस्थित थिए ।














