आज भएको पत्रकार सम्मेलनमा जेन-जी अभियन्ता सुदन गुरुङले संविधानभित्रैबाअट सरकार गठन हुने बताएका छन् ।
उनले वर्तमान संविधान खारेज नगरी, यसैभित्र रहेर सरकार गठन गरिनुपर्ने बताएका छन्। उनले संविधान नै खारेज गर्ने कुरा आन्दोलनको नभएको समेत बताए।
उनले भने, ‘नेपाली जनताको भावना, जेन–जीको भावनाअनुसार सरकार बनाउने । यो संविधान पूरै त्याग गर्ने होइन,यसलाई खारेज नगर्ने । खारेज गर्यो भने अरूहरूले हस्तक्षेप गर्छन् । नरह्यो नेपाल, नरह्यो नेपाली रु संविधानमा संशोधन गर्नुपर्छ ।’
अध्यक्ष गुरुङले आफूहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्व मान्न तयार रहेको पनि बताए । उनले संसद् विघटन पनि आफूहरूको मुख्य माग रहेको बताए । त्यसपछि मात्रै अरू कामहरू अघि बढ्ने उनको भनाइ छ ।
गुरुङले एउटा आमाको कोख अहिले रित्तो भएको भन्दै आन्दोलनमा गोली हान्नेलाई नछोड्ने बताए । यो बच्चाहरूलाई ताकी–ताकी गोली हानेछ त्यसैगरी ताकी–ताकी म निकाल्छु तिनीहरूलाई । चाहे मरेको होस् म खाल्टो खनेर भए पनि निकाल्छु । एक जनालाई छोड्दिनँ म,’उनले भने















