सोमबार, २४ कार्तिक, २०८२

जुम्ला कारागारबाट भागेका मध्ये ११ जना फेला

जुम्ला । जुम्ला कारागारबाट भागेका कैदीमध्ये ११ जना पक्राउ परेका छन्। तीमध्ये ५ जनाले आफैं आत्मसमर्पण गरेका छन् भने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रेबिन बाबू रेग्मीले जानकारी दिए। नियन्त्रणमा परेकामध्ये जुम्लाका प्रेम राजा महत, हिक्मत गिरी, डिली कार्की, भीमप्रसाद कडायत र हुकुम शाही रहेका छन् भने […]

‘संविधानभित्रैबाट सरकार गठन हुन्छ’- जेन-जी अभियन्ता सुदन गुरुङ

आज भएको पत्रकार सम्मेलनमा जेन-जी अभियन्ता सुदन गुरुङले संविधानभित्रैबाअट सरकार गठन हुने बताएका छन् । उनले वर्तमान संविधान खारेज नगरी, यसैभित्र रहेर सरकार गठन गरिनुपर्ने बताएका छन्। उनले संविधान नै खारेज गर्ने कुरा आन्दोलनको नभएको समेत बताए।  उनले भने, ‘नेपाली जनताको भावना, जेन–जीको भावनाअनुसार सरकार बनाउने । यो संविधान पूरै त्याग गर्ने होइन,यसलाई खारेज नगर्ने […]

नेपालको विगत, वर्तमान र जेन जी पुस्ताप्रति अपिल

नेपालको विगतको इतिहास कोट्याउँदा हामीले सधैं पृथ्वीनारायण शाहलाई स्मरण गर्नैपर्छ। उहाँ नेपालको परिकल्पनाकार र राष्ट्रनिर्माताका रूपमा उदाएका थिए। उहाँको अवसानपछि जेठो छोरा प्रताप सिंह शाहले राजकाज सम्हाल्नुभयो। तर उहाँको पनि केही समयमै देहावसान भयो। त्यसबेला रणबहादुर शाह सानै भएकाले शासन सञ्चालनको जिम्मा रानी राजेन्द्रलक्ष्मी र बहादुर शाहले नायबका रूपमा वहन गरे। यही समयमा भारतमा इस्ट […]

केपी ओलीले जेन-जी पुस्तालाई लेखेको पत्रमा के छ ?

प्रिय जेन्जी बाबुनानीहरू, आज शिवपुरीको यो एकान्त सुरक्षाघेराभित्र बसेर, नेपाली सेनाका जवानहरूको बीचमा, म तिमीहरूलाई सम्झिरहेको छु। मेरो मनमा तिमीहरूकै अनुहारहरू नाचिरहेका छन्। जहाँ गए पनि, जहिले पनि, साना नानीबाबुहरू मलाई देख्नेबित्तिकै मेरो काखमा आइपुग्छन्। तिनीहरूको निश्छल हाँसो, त्यो सानो शरीरको न्यानो स्पर्शले मभित्र एउटा अद्भूत आनन्द भर्छ। मलाई बच्चाहरूको वरिपरि रहन पाउँदा साँच्चिकै रोमाञ्चित […]

चन्दननाथ नगरपालिका वडा नम्बर ७ मा तालाबन्दी गर्ने चेतावनी

चन्दननाथ नगरपालिका वडा नम्बर ७ का सचेत नागरिक समाजले ज्ञापन पत्रमार्फत जनतामुखी काम नभएको भन्दै तालाबन्दी गर्ने चेतावनी दिएका छन् । २५ गते सचेत नागरीक समाजले गरेको नागरिक भेलाले चन्दननाथ नगरपालीका ७ मा हुने विकास निर्माणको सवालमा पक्षपात गरी नागरिकका आवश्यकतालाई बेवास्ता गर्दै आएको र समाजसँग गरिएको छल‌फलको निर्णय विपरित विकासी गतिविधि हुदै आएकोले, यिनै […]

जुम्ला कारागारबाट भागेका सात कैदी फर्किए

जुम्ला कारागारबाट भागेका सात कैदी फर्किएका छन । मंगलबार राति जुम्ला कारागारबाट ४१  जना कैदीबन्दी भागेका थिए । उक्त रातिनै प्रहरीले ५ जनालाई प्रहरीले नियन्त्रण लिसकेकाे थियाे भने, दुई जना आफै फर्किएपनि ३४ जना अझै फरार छन्। उनीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका जुम्लाका प्रहरी नायव उपरीक्षक रबिन बाबू रेग्मीले ले जानकारी दिएका छन्।

अन्तरिम सरकार गठनबारे आज ठोस निर्णय हुने

अन्तरिम सरकार गठनका विषयमा राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली सेनाको नेतृत्व र जेनजी युवा प्रतिनिधिहरूबीच आज निर्णायक छलफल हुने भएको छ। जेनजी युवाले अन्तरिम सरकार प्रमुखका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अघि सारेका छन्। आज हुने छलफलले कार्कीको नामलाई औपचारिकता दिने अपेक्षा गरिएको छ। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले अनुसार राष्ट्रपति पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलको […]

संविधान जोगाउन माइतीघरमा प्रदर्शन हुने

सेभ आवर कन्स्टिट्युशन’ नामक समूहले संविधान जोगाउन भन्दै बिहीबार (आज) बिहान १० बजे माइतीघरमा प्रदर्शन गर्ने भएका छन् । उक्त समूहले सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गर्दै प्रदर्शनमा सहभागी हुन आह्वान गरेको हो। यसअघि सोमबार र मंगलबार जेनजी समूहले भ्रष्टाचार र विसङ्गतविरुद्ध देशव्यापी आन्दोलन गरेको थियो। सो आन्दोलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए […]

ताजा समाचार