चन्दननाथ नगरपालिका वडा नम्बर ७ का सचेत नागरिक समाजले ज्ञापन पत्रमार्फत जनतामुखी काम नभएको भन्दै तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।
२५ गते सचेत नागरीक समाजले गरेको नागरिक भेलाले चन्दननाथ नगरपालीका ७ मा हुने विकास निर्माणको सवालमा पक्षपात गरी नागरिकका आवश्यकतालाई बेवास्ता गर्दै आएको र समाजसँग गरिएको छलफलको निर्णय विपरित विकासी गतिविधि हुदै आएकोले, यिनै कुराको घोर विरोध जनाइएको हो ।
नागरिकसँग भएको छलफल अनुरुप काम नभए वडामा तालाबन्दी गर्ने सचेत नागरिक समाजका संयोजक अमृत कुमार रावलले चेतावनी दिए।
उक्त समुहले राखेका मागहरू :
१) सम्बन्धित योजनाको सार्वजनिक सुनुवाई गर्ने।
२) विकासका गतिविधिहरु समानुपातिक र न्यायोचित हुनुपर्ने ।
३)विकासका कार्य एजेण्डा प्रक्रिया नभई उपभोक्ताद्वारा गर्ने ।
४)सार्वजनिक वन क्षेत्र भोग चलन गरेका सार्वजनिक जमिनलाई समुदायको मातहतमा ल्याई सार्वजनिक गर्ने ।
यदि यी मागहरूको सुनुवाइ नभए तालाबन्दी गर्ने चेतावनी दिएका छन ।















