बिहीबार, २६ भाद्र, २०८२

जलिरहेछ सिंहदरबार

नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा मंगलबार दिउँसो लगाइएको आगो आज बुधबार बिहानसम्म पनि बलिरहेको छ।

सिंहदरबार भित्र प्रवेश गर्न नेपाली सेनाले रोक लगाएको छ। अहिले नेपाली सेनाले सिंहदरबार भित्र आफ्ना जवानलाई कवाज खेलाइरहेको देखिन्छ।

अहिले सिंहदरबारको भव्य संरचना खण्डहरमा परिणत भएको देखिन्छ। आगोमा जलेर अधिकांश संरचना ध्वस्त भएको छ। सवारी साधन, फर्निचर, कागजपत्र केही बाँकी रहेका छैनन्।

जेनजी प्रदर्शनकारीको क्रममा केही समूह सिंहदरबार भित्र प्रवेश गरी तोडफोड र आगजनी गरेको थियो।

राणाकालीन सम्पदा सिंहदरबार आगोमा दन्किरहेको दृष्य कहालीलाग्दो थियो। आगो जलिरहेका बेला पानी हाल्ने प्रयाससमेत भएको थिएन।

प्रदर्शनकारीहरुले हिजो सिंहदरबार परिसरको गृहमन्त्रालयमा पनि आगो लगाइदिएका थिए।

साथै सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, काठमाडौं जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, नागरिक उड्डय प्राधिकरण, विशेष अदालत, उपत्यका ट्राफिक प्रहरी कार्यालयमा समेत आगजनी भएको छ। सर्वोच्च अदालत परिसरमा फलामसमेत पग्लिएर भुइँमा बगेको देखिन्छ।

सडकमा ल्याएर जलाइएका दराज, कम्प्युटर, टेबुल–कुर्सीको थुप्रो देखिन्छ।

प्रदर्शनकारीले राष्ट्रपति कार्यालय रहेको शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटार, संसद भवनमा समेत आगोमा जलेर ध्वस्त बनाएका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार