कालिकोटको गगने खोलामा अवरुद्ध भएको सडक आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ। लगातार वर्षाका कारण २०८२ भदौ १७ गते साँझदेखि सडक अवरुद्ध भएको थियो।
सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख इन्जिनियर प्रदिप नारायण चौधरीका अनुसार आज मिति २०८२ भदौ १८ गते बिहान १०:३० बजेदेखि सडक सञ्चालनमा आएको हो।
सडक सुचारु भएपछि यात्रुहरूले सहज आवागमन गर्न पाउने भए पनि वर्षायामको जोखिम कायम रहेकाले सतर्क रहन उनले आग्रह गरे।
“बर्खाको मौसम भएकाले पहिरो र बाढीको जोखिम अझै उच्च छ। त्यसैले अत्यावश्यकबाहेक रात्री समयमा यात्रा नगर्न र यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गर्दछौं,” प्रमुख इन्जिनियर चौधरीले भने।