जुम्ला बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले हेल्पडेस्क स्थापना गरेको छ।
स्ववियु सभापति लोकेन्द्र बुढाका अनुसार भर्ना प्रक्रियामा सहजता ल्याउन, विद्यार्थीका समस्या समाधान गर्न तथा क्याम्पस प्रशासनसँग सोध्न नसकेका विषयमा सुनुवाइ गर्न हेल्पडेस्क सुरु गरिएको हो।
उनले साना–ठूला सबै समस्यामा स्ववियुले ध्यान दिनुपर्ने भन्दै यो कक्ष स्थापना गरिएको बताए।
स्ववियु सदस्य सुजता रावतका अनुसार शुक्रबारदेखि सञ्चालनमा आएको हेल्पडेस्कमा विद्यार्थीले समस्या राख्न थालेका छन्। ती समस्या प्रशासनमा पुर्याई समाधान गरिरहेको उनले जानकारी दिइन्।
बुढाले बिहान ७ बजेदेखि क्याम्पस सञ्चालन हुने समयसम्म हेल्पडेस्क खुला रहने बताए।