जम्लाको जनता माविका प्रधानाध्यापक हरिकृष्ण महतले जन्मदिनमा विपन्न, दलित, जेहेन्दार र अशक्त विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण गरेका छन्।
उनले विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीलाई करिब डेढ लाख रुपैयाँ बराबरका सामग्री प्रदान गरेका हुन। वितरण गरेका सामग्रीमा कापी, कलम, झोला, जुत्ता, कपडा, टाई, स्विटर लगायत छन्।
उनले अबदेखि हरेक वर्ष यस्तै सहयोग गर्ने प्रतिबद्धता समेत जनाए।
उनले चाँडै सञ्चालन गर्न लागिएको होटल व्यवसायको आम्दानीको केही हिस्सा पनि विपन्न बालबालिकाको शिक्षामा खर्च गर्ने योजना बताए।