“एक थोपा रगत, अनन्त आशीर्वाद” भन्ने नाराका साथ ब्रम्हाकुमारी ईश्वरी विश्वविद्यालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा १४ जनाले रक्तदान गर्ने जनाइएको छ। रक्तदानलाई सेवा र मानवीय कर्तव्यसँग जोड्दै विश्वविद्यालयले नियमित रूपमा यस किसिमका कार्यक्रम गर्दै जाने ब्राम्हाकुमारी मिना रानाले बताइन्।
उनले कार्यक्रमका क्रममा राज्ययोगिनी दादी प्रकाशमणीको योगदानबारे विशेष चर्चा गरिन्। उनले दादी प्रकाशमणीले समाजसेवा, आध्यात्मिकता र मानवताको उत्थानमा पुर्याएको योगदान आजका दिनमा मार्गदर्शक बन्ने उल्लेख गरिन्।
आयोजकका अनुसार रक्तदानले जीवन बचाउनुका साथै समाजमा सहयोग र दानको संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको हो।
सहभागी दाताहरूले आफूले दिएको थोपा–थोपा रगत अरूको जीवन बचाउन सघिनु नै ठूलो पुण्य भएको अनुभव व्यक्त गरे।