सोमबार, ९ भाद्र, २०८२

पञ्चदेवल शिव धाम, सप्तदेवल मन्दिर प्राङ्गणमा गौरापर्व:देवलहाट गौरापर्वमा ‘लाखेनाच’

भदौ १५ गते बैतडीको देवलहाट क्षेत्रमा मनाइने गौरापर्व विशेष सांस्कृतिक परम्परासहित मनाइने चलन छ। यस पर्वको मुख्य आकर्षण भनेकै ‘लाखेनाच’ हो, जुन स्थानीय परम्परा र संस्कृतिको जीवित उदाहरणका रूपमा आज पनि निरन्तर अभ्यास हुँदै आइरहेको छ।

यहाँको मुख्य आकर्षण दशरथचन्द नगरपालिका–४ मा मनाइने गौरापर्वका दिन लाखेनाच प्रमुख आकर्षणका रूपमा प्रस्तुत हुन्छ भने लाखेनाचको विधि भने स्थानीय भट्ट र मार्कण्ड जातिका पाँच वा सात जना पुरुषले शरीरमा कपडा नलगाई, विभिन्न पवित्र रुखका पातले शरीर ढाकेर, हातमा त्रिशुल समातेका अवस्थामा नृत्य प्रस्तुत गर्ने परम्परा रहदै आएको छ

प्राचीन परम्परा अन्तर्गत बैतडीको पञ्चदेवल क्षेत्रमा गौरापर्वमा शरीरमा पात बेरेर प्रस्तुत गरिने लाखेनाचसहित मनाउने पुरानो चलन अझै कायम रहेको छ भने यहाँको विशेषता बैतडी सदरमुकाम नजिकै रहेको देवलहाटको पञ्चदेवल मन्दिरमा गौरापर्वमा मात्र लाखेनाच प्रस्तुत गर्ने अर्को अनौठो चलन समेत छ।

शुद्धि पवित्र प्रक्रिया लाखेनाचमा सहभागी हुने व्यक्तिहरू मन्दिर नजिकै एक सय मिटर टाढा रहेको सुकनाली कुइँवामा स्नान गर्छन्। त्यसपछि शरीरमा तरुलका लहरा, केराको पात तथा अन्य आयुर्वेदिक पातहरू प्रयोग गरेर सजिने परम्परा भएको उद्वव हिंस मार्कण्डले बताए।

उनका अनुसार सहभागीहरूले कमेरो, रातो माटो र खरानीको टीका लगाउने चलन रहेको छ। यसरी सजिएर लाखेनाच नृत्य प्रस्तुत गरिन्छ। यसरी, भदौ १५ गतेको गौरापर्व देवलहाट, बैतडीमा लाखेनाच परम्परागत सांस्कृतिक जीवन्तता बोकेको अमूल्य धरोहरका रूपमा संरक्षण हुँदै आएको छ। उनी बताउछन् ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार