जुम्ला जिल्लामा रहेका सरकारी निकायले गरेका विभिन्न कार्यहरुको जिल्ला प्रशासन कार्यालय जुम्लामा आज वार्षिक प्रगति विवरण कार्यक्रम सम्पन्न भएको छ।
जिल्लामा रहेका सरकारी निकायहरुले विकासको क्षेत्रमा उत्पादन क्षेत्रमा र आर्थिक पाटो अपराध नियन्त्रण लगायतका विविध विषयवस्तुमा जिल्लाका सरकारी निकायका कर्मचारीले आफ्नो कार्यालयको वार्षिक प्रगति विवरणको छलफल गरेका छन्।
जुम्लाका रहेका सरकारी कार्यालयहरुले प्रगति विवरण छलफलमा वार्षिक रुपमा भएको प्रगतिको छलफल गर्दै कार्यालयमा भएका समस्याहरु समेत औल्याएका छन्।
विशेषगरी जिल्लामा रहेका सरकारी कार्यालयका सूचना अधिकारी भेला गरेर सूचना प्रवाह सम्बन्धि समेत छलफल भएको हो।
छलफलमा बोल्दै प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले सरकारी निकायका सूचना अधिकारीहरुलाई सूचनाको आम सञ्चारमाध्यमहरुमा समानुपातिक रुपमा नियम अनुरुप सूचना प्रवाह गर्न निर्देशन समेत दिएका छन् । सूचना अधिकारीले सेवाग्राहीलाई जुनसुकै बेला सूचना दिन मिल्ने समेत बताएका छन् ।
उनले जिल्लामा सूचनाको प्रवाहको हिसाबले सकारात्मक रुपमा लाग्न अनुरोध समेत गरेका छन् ।