सोमबार, ९ भाद्र, २०८२

मुगुको नाक्चे नाङ्ला सीमाक्षेत्रमा एक पुरुषको लेक लागेर मृत्यु

मुगुको नाक्चे नाङ्ला सीमाक्षेत्रमा एक पुरुषको लेक लागेर मृत्यु भएको छ। मृतक मुगु कार्मारोङ गाउँपालिका–२ घर भई हाल जुम्ला चन्दननाथ नगरपालिका–६ बसोबास गर्दै आएका ४० वर्षीय साङ्बु लामा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका नायव उपरीक्षक रबिन बाबू रेक्मीका अनुसार लामा विशेष कामका सिलसिलामा नाक्चे नाङ्ला पुगेका थिए।

स्थानीय बासिन्दा र सुरक्षाकर्मीले शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो। घटनास्थलमा तत्कालै उद्धार प्रयास भए पनि लामाको ज्यान बचाउन सकिएको थिएन।

प्रहरीका अनुसार घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ। प्रारम्भिक तथ्याङ्कअनुसार लामालाई ‘लेक लागेको’ हुनसक्ने आशंका गरिएको छ।

मुगुको उच्च भेगमा पाइने शारीरिक असजिलो र स्वासप्रश्वासमा समस्या आउने अवस्थालाई स्थानीय भाषामा ‘लेक लाग्ने’ भनिन्छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार