सोमबार, ९ भाद्र, २०८२

सिंजामा विपद् व्यवस्थापन सम्बन्धि अभ्यास

सिंजा गाउँपालिकामा हालै गरिएको विपद् व्यवस्थापनसम्बन्धी कृतिम अभ्यासले स्थानीयमा विपद्‌प्रति चेतना र सतर्कता अभिवृद्धि गरेको छ।

खाना पकाउने ग्यासको प्रयोगसँगै आगलागी र अन्य सम्भावित विपद्‌को जोखिम बढिरहेका बेला समुदायमै व्यावहारिक अभ्यास गरिनु उत्साहजनक प्रयासका रूपमा हेरिएको छ।

अभ्यास कारितास जर्मनी, कारितास नेपाल, प्लान इन्टरनेशनल नेपाल र पेस नेपालको संयुक्त आयोजना तथा गाउँपालिकाको संयोजनमा सम्पन्न भएको थियो।

अभ्यासमा आगलागी नियन्त्रणदेखि खोला पार गर्ने, भूकम्पका बेला सुरक्षित बस्ने तरिका, कम्बल र बाल्टिकाे प्रयोगबाट सुरक्षात्मक हस्तक्षेप गर्ने जस्ता विषय समेटिएका थिए।

कार्यक्रममा विपद् व्यवस्थापन समिति, वडा समिति, समुदायस्तरका कार्यदल, बाल क्लब र विद्यालयका विद्यार्थीको सक्रिय सहभागिता थियो।

ग्यास लिक हुँदा हुन सक्ने आगलागी नियन्त्रणसम्बन्धी अभ्यासले पनि नागरिकमा आत्मविश्वास बढाएको पेस नेपालका परियोजना संयोजक हेमराज भट्टले बताए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार