चन्दननाथ भैरवनाथ गूठी व्यवस्थापनको नयाँ कार्यसमितिलाई आज एक कार्यक्रमका बीच शुभकामना आदानप्रदान गरिएको छ।
पुरानो समिति मार्फत नयाँ समितिलाई गूठीको विविध विषयमा जानकारी दिदै नयाँ समितिलाई फाइल हस्तान्तरण गरिएको छ। त्यस्तै आजबाट चन्दननाथ भैरवनाथ गूठी व्यवस्थापनको नयाँ कार्यसमितिले आधिकारिकता पाएको छ।
संघीय सांसद विनिता कठायत र चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतको विशेष उपस्थितमा उक्त कार्यक्रम सम्पन्न भएको हो
गूठीको नयाँ कार्यसमितिमा अमर थापा आचार्य अध्यक्षमा पुन: दोहोरिएका छन् भने सचीवमा धिरेन काफ्ले कोषाध्यक्षमा विशाल जंग महत र ऋषिराम पाण्डे लगायतको सदस्यमा नयाँ कार्यसमिति बनेको हो।














