मंगलवार, १३ माघ, २०८२

लभपार्कमा बनेका भित्ता र सिढीहरु चर्किए

चन्दननाथ नगरपालिका वडा नम्बर ६ मा बन्दै गरेको लभपार्कका भित्ता र सिढीहरु चर्किएका छ्न्।

पर्यटन प्रवर्द्धन गर्ने हेतुले बन्न लागेको लभपार्कको आयोजनामा गुणस्तरमा कमि आएको हो।

उक्त लभपार्क वन मन्त्रालय अन्तर्गत पर्यटन बोर्डको आर्थिक सहयोगमा निर्माण हुन लागेको हो। लभपार्कमा बनेका भित्ता र सिढीहरुमा चर्किए पछि स्थानीयहरुले उक्त आयोजनामा गिरावट आएको बताएका छन् ।

त्यस्तै उक्त आयोजनाको कार्य हतार हतार गरेर गरिएको र १/२ महिना नपुग्दै यसरी भित्ता र सिढीमा चिरा पर्नु समस्या भएको स्थानीयको भनाइ छ।

त्यस्तै चन्दननाथ नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रवि थापाले

चन्दननाथ -६ का वडा अध्यक्ष रवि थापाले सो घटना बारे आफूलाई जानकारी भएको र समस्या समाधान गर्न केही दिनमै वडा कार्यालयमा बैठक राखिने बताए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार