हिमा गाउँपालिका–६ जर्जाली माइती घरमा बस्दै आएकी एक महिला आइतबार दिउँसो मृत अवस्थामा फेला परेकी छन्।
कालिकोट जिल्ला तिलागुफा नगरपालिका–४ राचुली घर भएकी ४० वर्षीया मनसोभा अधिकारी थापाको शव स्थानीय पातर खोलाको किनारमा देखिएको हो।
वडाध्यक्ष उपराज अधिकारीले दिउँसो करिब साढे २ बजे शव देखिएको खबर प्रहरीलाई दिएका थिए।
समाचार पाएलगत्तै प्रहरी निरीक्षक असीम हमालको नेतृत्वमा ६ जनाको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
शव भेटिएको कारण हालसम्म स्पष्ट नभएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।