शुक्रबार, २१ कार्तिक, २०८२

अभिव्यक्तिको स्वतन्त्रतामाथि कुण्ठा आपत्तिजनक: पूर्व अध्यक्ष रोकाय

तातोपानी गाउँपालिका -४ का अध्यक्ष तथा गैरसरकारी संस्था महासंघ नेपाल, जिल्ला शाखा जुम्लाका पूर्व अध्यक्ष अमर रोकायाले कुनै व्यक्तिले नेपालको भूभागमा स्वतन्त्र रूपमा घुमफिर गर्ने, धारणा राख्ने र सुझाव दिने अधिकारलाई कुण्ठित गर्नु मानव अधिकारको उल्लंघन हुने बताएका छन्।

उनका अनुसार नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक हकअन्तर्गत अभिव्यक्ति स्वतन्त्रता कुनै पनि नागरिकको आधारभूत अधिकार हो, जुनमाथि कुण्ठा वा घृणासाथ प्रस्तुत हुने अभिव्यक्तिहरू निन्दनीय छन्।

“कसैको देशप्रेम, प्रचारप्रसार र प्रवर्द्धनमूलक प्रयासमाथि कुण्ठा गर्नु, प्रतिवाद गर्नु, अपमानजनक भाषा प्रयोग गर्नु आपत्तिजनक मात्रै होइन, मानव अधिकार उल्लंघनसमेत हो,” रोकायाले स्पष्ट पारे।

उनले स्वदेशी अथवा पाहुना जोसुकैले पनि मुलुकको विकास, पर्यटन र संस्कृतिको प्रवर्द्धनमा योगदान गर्न सक्ने अधिकार सुनिश्चित गरिनु पर्ने धारणा राखेका छन्।

“आफ्नो सस्तो लोकप्रियताको लागि अरूको अधिकार हनन् गर्ने हो भने त्यो अभिव्यक्ति स्वतन्त्रता होइन, अधिकारको दुर्व्याख्या हो,” रोकायाको भनाइ छ।

रोकायाले पाहुनाको सम्मान गर्न सक्ने संस्कार विकास गर्न पनि स्थानीयहरूलाई आग्रह गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार