सोमबार, ९ भाद्र, २०८२

हृदयन्द्र शाहको जुम्ला भ्रमणमाथि सांसद लामाको आक्रोशपूर्ण टिप्पणी : “भोटे कुकुरको छाउरा” भन्दै गालीगलौज

पूर्व युवराज हृदयन्द्र शाहको जुम्ला भ्रमणको भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सकारात्मक बहस चलिरहेको बेला माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामा भने त्यसप्रति कडा असन्तुष्ट देखिएकी छन्। उनले हृदयन्द्रको भिडियोप्रति फेसबुकमा एक आक्रोशपूर्ण स्टाटस लेख्दै गम्भीर आरोप र अपमानजनक शब्द प्रयोग गरेकी छन्।

सांसद लामाले राजतन्त्रको अतीतलाई खोतल्दै हृदयन्द्र शाहको भ्रमणलाई “सामन्ती पुनरागमनको संकेत”को रूपमा चित्रित गरेकी छन्। उनका अनुसार
“राजतन्त्रकालमा शाह वंशले जनतालाई दास बनाउँदै देश लुटेको इतिहास छ। हिजोका अत्याचारलाई एउटा ब्लग भिडियोले मेट्न सक्दैन।”

यसै क्रममा उनले हृदयन्द्रको परिवार र सामाजिक प्रस्तुतिलाई लक्षित गर्दै आपत्तिजनक शैलीमा भनिन्
“उसको पूरै वंश जिजुबाजेहरूले देश लुटेर दरबारमा थुपारेको धनले विदेशमा बिलासी जीवन बिताइरहेको भोटे कुकुरको छाउरा जस्तो हुर्काइएको प्रवृत्तिले जुम्ला चिनाउन मिल्दैन।”

मिडियाको भूमिकाप्रति पनि आलोचना गर्दै उनले लेखेकी छन्”यति धेरै मिडियामा छाउनका लागि आज पनि सामन्ती राजपरिवारकै हुनु पर्ने ? आज पनि त्यही वर्गको प्रचार गरिनु भनेको जनताको घाउमा नूनचुक लगाउनु हो।”

उनको स्टाटसमा राप्रपा सांसद ज्ञानेन्द्र शाहीलाई समेत लक्षित गरिएको संकेत पाइन्छ। लामाले लेखेकी छन् “एक जनालाई त करोडौं लगानी गरेर संसदभित्रै भित्र्याइसकेका छन्, जो आज गणतन्त्र र राजतन्त्र दुवैको नाममा उफ्रिरहेका छन्।”

सांसद लामाको यस्तो भाषिक शैली र कटाक्षले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया निम्त्याएको छ। कतिपयले उनको भनाइलाई “साहसी र तीतो सत्य” भनेका छन् भने केहीले “घृणास्पद अभिव्यक्ति” भन्दै आलोचना गरिरहेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार