बिहीबार, २८ फाल्गुन, २०८२

जय रत्न कर्णाली बोर्डिङ स्कुलका विद्यार्थीहरूबाट कपडा बैंकलाई सहयोग

सामाजिक उत्तरदायित्वप्रति सचेत हुँदै जय रत्न कर्णाली बोर्डिङ स्कुल, जुम्लाका विद्यार्थीहरूले जिल्लामा सञ्चालनमा रहेको हाम्रो साझा कपडा बैंकलाई तीन बोरा लुगा सहयोग गरेका छन्।

सहयोग गरिएका कपडाहरू गरीब, विपन्न तथा विपद् प्रभावित परिवारलाई निःशुल्क वितरण गरिने उद्देश्य राखिएको छ। यस अभियानमार्फत विद्यार्थीहरूमा सामाजिक सेवाको भावना विकास गर्नुका साथै, “हामी पनि समाजका लागि केही गर्न सक्छौं” भन्ने सन्देश फैलिएको छ।

असार २१ गते स्थापना गरिएको हाम्रो साझा कपडा बैंकलाई थुप्रै कपडाहरु सहयोगको रुपमा आइरहेका छन् ।

“यी कपडाहरु आर्थिक अवस्था कमजोर भएका विपन्नहरुले स्वतस्फूर्त रुपमा कपडा बैंकमा आएर लिन सक्ने” कपडा बैंकका प्रतिनिधि कृष्ण सुनारले जानकारी दिए ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार