शुक्रबार, २९ फाल्गुन, २०८२

जुम्ला पातारासीको ओम हिमा होटलबाट १ लाख २८ हजारसहित १० जना जुवाडे पक्राउ

जिल्ला प्रहरी कार्यालय जुम्लाले पातारासी गाउँपालिका–५ लासी बजारस्थित एक होटलमा जुवातास भइरहेको गोप्य सूचनाका आधारमा छापा मारेर होटल सञ्चालकसहित १० जनालाई नगद रु. १ लाख २८ हजार २ सयसहित नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार, ४८ वर्षीया उर्मिला बुढाको ओम हिमा होटलमा जुवातास चलिरहेको सूचनाका आधारमा प्रहरी निरीक्षक असीम हमालको नेतृत्वमा खटिएको १० सदस्यीय टोलीले छापा मारेको थियो। घटनास्थलबाट होटल सञ्चालक बुढासहित अन्य ९ जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा पातारासी गाउँपालिका–५ का ३२ वर्षीय धन बहादुर बुढा, सोही वडाका ३१ वर्षीय कर्ण बुढा, ४० वर्षीय नैन बुढा, ४२ वर्षीय गोबिन्द बुढा, वडा नं. ४ का ३२ वर्षीय श्याम बहादुर रेउले र ३५ वर्षीय राम बुढा, वडा नं. ६ का ३२ वर्षीय पूर्ण सिंह महतरा र ३६ वर्षीय गोरख बुढा, साथै वडा नं. ७ का ३० वर्षीय अनिल खड्का रहेका छन्।

उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जुम्ला ल्याइएको छ। घटनास्थल जिल्लाको सदरमुकामबाट झण्डै १५ किलोमिटर पूर्वतर्फ पर्छ।

प्रहरीले यसलाई सामाजिक विकृति नियन्त्रण अभियानअन्तर्गतको कारबाही मानेको छ। जुवातासजस्ता गतिविधिमा संलग्न हुनेहरूलाई कानुनी दायरामा ल्याउन निरन्तर निगरानी र कारबाही जारी रहने प्रहरीले जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार