आईतवार, ७ असार, २०८३

पातारासीको धोपाघाटमा काठेपुल बग्दा ४०० घरधुरी प्रभावित

आजको लगातारको अबिरल वर्षाका कारण आज साँझ ५ बजेतिर पातारासी गाउँपालिका–२ स्थित धोपाघाटमा रहेको काठेपुल बगाएको छ।

सो पुल बगाउँदा उक्त वडाका करिब ४०० घरधुरीका स्थानीयवासीहरूलाई आवतजावतमा गम्भीर समस्या उत्पन्न भएको छ।

उक्त काठेपुल स्थानीय बासिन्दाहरूको दैनिक आवागमनको प्रमुख माध्यम थियो।

पुल बगाएपछि विद्यालय जाने विद्यार्थी, बिरामी बोकेर अस्पताल लैजानुपर्ने अवस्था र अन्य दैनिक क्रियाकलापमा असर पुगेको स्थानीय मानबहादुर बुढाले बताए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार