सोमबार, २ असार, २०८२

डा. भूमेश नेपाल डेन्टल एसोसिएसनको चुनावमा सबैभन्दा बढी मत ल्याउने सदस्य

नेपाल डेन्टल एसोसिएसनको हालै सम्पन्न चुनावमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच वर्ष काम गरेका डा. भूमेश काफ्ले सर्वाधिक ९८८ मत प्राप्त गरी सदस्य पदमा निर्वाचित भएका छन्।

उनले आफ्नो जितलाई कर्णाली क्षेत्रमा गरेको स्वास्थ्य सेवा र सामाजिक योगदानको उच्च मूल्यांकन भएको बताए।

चुनावमा अध्यक्षमा डा. अजय शाहले ७८२ मतसहित डा. अच्युत भट्ट (६८० मत) लाई पराजित गरे। उपाध्यक्षमा डा. दिलीप प्रजापतिले ७९२ मत ल्याएर डा. बिदान श्रेष्ठ (६५८ मत) माथि विजय प्राप्त गरे।

त्यस्तै महासचिवमा डा. प्रदीप भण्डारीले ७७६ मतसहित डा. सिमान्त लामिछाने (६८३ मत) लाई पछि पारे। कोषाध्यक्षमा डा. लोकेश वर्माले ८४२ मत प्राप्त गरी डा. यस्तिका श्रेष्ठ (५९८ मत) लाई हराए। सहसचिवमा डा. दीपक शर्मा निर्विरोध निर्वाचित भए।

अन्य सदस्यहरूमा डा. सिरिश चन्द्र रेग्मी (९३० मत), डा. इशु घिमिरे (७२१ मत), डा. संजय रञ्जित (६७२ मत), डा. बिजिता मण्डल (५०२ मत), र डा. जुनैद हस्सान (४७३ मत) निर्वाचित भए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार