जुम्लामा १९औँ लोकतन्त्र दिवसको अवसरमा जुम्ला दीप प्रज्वलन गरिएको छ। लोकतान्त्र प्राप्तिको आन्दोलनमा जीवन बलिदान गर्ने शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्न यो कार्यक्रम आयोजना गरिएको हो।
गैरसरकारी संस्था महासंघ जुम्ला, नेपाल पत्रकार महासंघ जुम्ला, सामुदायिक वन उपभोक्ता महासंघ जुम्ला, राष्ट्रिय अपाङ्ग महासंघ जुम्ला र दलित सेवा संघ जुम्लाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।