सोमबार, २ असार, २०८२

दैलेखमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

कार्यक्रमका प्रमुख अतिथि कार्यपालिका सदस्य दयाराम विकले वडाको विकासमा सबैको सहकार्य आवश्यक रहेको बताए।

दैलेखको आठबीस नगरपालिका वडा नं. ६ को कार्यालयले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा वडा कार्यालयले हालसम्म गरेका कार्यहरूको समीक्षा गर्दै आगामी योजनाहरूबारे छलफल भएको थियो।

कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष नवराज शर्माले गरेका थिए। उनले वडामा राम्रा कार्यहरूको थालनी भएको, केही कार्य सम्पन्न भएको र केही कार्यहरू सम्पन्न हुने क्रममा रहेको जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि कार्यपालिका सदस्य दयाराम विकले वडाको विकासमा सबैको सहकार्य आवश्यक रहेको बताए।

यस्तै, विशिष्ट अतिथि नेकपा (एमाले) कर्णाली प्रदेश कमिटी सदस्य पदमबहादुर माझी, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य नरबहादुर महतारा, नेकपा (एमाले) पूर्व जिल्ला कमिटी सदस्य भक्तबहादुर रोका मगर, नेकपा एमाले कमिटी सदस्य नवीन विक, नेकपा एमाले कमिटी अध्यक्ष लालुप्रसाद आचार्यलगायतले शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमको संचालन वडा सचिव विनोदकुमार कठायतले गरेका थिए। कार्यक्रममा वडाबासी, राजनीतिक दलका प्रतिनिधि र स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार