शुक्रबार, ५ बैशाख, २०८२

जुम्लामा आगलागी पीडित शिवलक्ष्मी न्यौपानेलाई सिंजा गाउँपालिकाका कर्मचारीको ५० हजार सहयोग 

नसोचेको परिणाम भोगिरहेकालाई थोरै भएपनि सहयोग गर्नु सिंजाका कर्मचारीले आफ्नो कर्तव्य ठान्दै यो कामको सुरुवात गरिएको सिंजा गाउँपालिकाका सक्रिय कर्मचारी प्रकाश धितालले बताए।

जुम्लाको चन्दननाथ नगरपालिका–०४ मालाभिडमा गत बिहीवार साँझ भएको भीषण आगलागी पीडित शिवलक्ष्मी न्यौपानेलाई सिंजा गाउँपालिकाका कर्मचारीहरुले राहतस्वरूप रु ५० हजार दुईसय ६५ नगद सहयोग प्रदान गरेका छन्।

बिजुलीको सर्किट सर्ट भएका कारण आगलागी भएर पुरै घर जलेर नष्ट भएको थियो। जसबाट न्यौपाने परिवार घरवारविहीन बनेका छन्। 

यसैबीच पीडित न्यौपाने परिवारलाई सिंजा गाउँपालिकाका ३६ जना कर्मचारीले रकम संगलन गरि हस्तान्तरण गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर शाहीले बताए।

“हामीले साथीहरुबाट उठेको सबै रहक पीडित न्यौपानेलाई भेटेर बुझायौं,” उनले भने, “उहाँको घाउमा मलम लाउने काममा साथीहरुले हातेमालो गर्नुभएको छ। यो सकारात्मक कदम हो।” 

अपरझठ आइपर्ने घटनाका कारण नसोचेको परिणाम भोगिरहेकालाई थोरै भएपनि सहयोग गर्नु सिंजाका कर्मचारीले आफ्नो कर्तव्य ठान्दै यो कामको सुरुवात गरिएको सिंजा गाउँपालिकाका सक्रिय कर्मचारी प्रकाश धितालले बताए। 

“हामीले गरेको सहयोगबाट उहाँको घर त बन्न सक्दैन, तर संकटको समयमा पीडितलाई एक्लोपन महसुस हुन दिनु हुँदैन भन्ने मनसायले हामीले लाग्यौ,” धितालले भने।

आफू पीडामा रहेको बेला सबैले सदासयता देखाएको भन्दै पीडित न्यौपानेले सिंजा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिइन्। 

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ

ताजा समाचार