शुक्रबार, ५ बैशाख, २०८२

गयरातीको हावाहुरी र वर्षा पछि पहिरो खस्दा कर्णाली राजमार्ग अबरुद्ध

पहिरोका कारण स्थानीयवासी र यात्रुहरूमा ठूलो असर परेको छ। सडक अवरुद्ध भएपछि खाद्य आपूर्ति, औषधि र अन्य अत्यावश्यक सामग्री ढुवानीमा समेत समस्या भएको छ।

बुधबार साँझदेखि परेको भीषण वर्षा र हावाहुरीका कारण कर्णाली राजमार्गका विभिन्न खण्डमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको छ। जुम्ला र सुर्खेतलाई जोड्ने यो महत्वपूर्ण राजमार्गमा गएराती आएको पहिरोले यात्रु र सवारी साधन बाटोमै अलपत्र परेका छन्।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार पहिरोका कारण कालिकोटको खाँडाचक्र नगरपालिका-८ स्थित सिम्लागार्डमा सडक पूर्णरूपमा बन्द भएको हो। यसैगरी, कालिकोट खण्डका अन्य दुई स्थानमा पनि सडक अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ।

सान्नी त्रिवेणी गाउँपालिका-३ सिस्नेगार्ड र रास्कोट नगरपालिका-८ भार्तडीमा समेत पहिरो खसेर कर्णाली करिडोरको आवागमन ठप्प भएको छ। चट्याङसहितको वर्षाले ढुंगा र माटोका पहिरो ल्याउँदा सयौं यात्रुबाहक र मालवाहक सवारी साधन राजमार्गमा रोकिएका छन्।

पहिरोका कारण स्थानीयवासी र यात्रुहरूमा ठूलो असर परेको छ। सडक अवरुद्ध भएपछि खाद्य आपूर्ति, औषधि र अन्य अत्यावश्यक सामग्री ढुवानीमा समेत समस्या भएको छ। प्रहरी र स्थानीय प्रशासनले सडक खुलाउन तत्काल काम सुरु गरेको भए पनि वर्षाको निरन्तरताले उद्धार र सफाइ कार्यमा चुनौती थपिएको जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ

ताजा समाचार