मंगलवार, ३ असार, २०८२

नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) हिमा गाउँपालिका स्तरीय कार्यसमिति चयन

नयाँ कार्यसमितिले गाउँपालिकास्तरमा कर्मचारीहरूको हकहित, समन्वय र विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को हिमा गाउँपालिका स्तरीय कार्यसमिति हालै चयन भएको छ। नयाँ कार्यसमितिले गाउँपालिकास्तरमा संगठनको नेतृत्व गर्ने जिम्मेवारी पाएको हो।

कार्यसमितिको अध्यक्षमा कृष्णकौरा शाही, उपाध्यक्षमा तेजेन्द्र रावल, कोषाध्यक्षमा रविलाल दमाहे, सचिवमा केशव बहादुर अधिकरी, र सह-सचिवमा अभिषेक बम चयन भएका छन्। यस्तै, सदस्यहरूमा चन्द्रस्त हमाल, ललित बहादुर रावत, सम्झना परियार र अप्सरा रावत रहेका छन्।

यसैगरी, सोही निर्णयअनुरूप हिमा गाउँपालिकाबाट जिल्ला प्रतिनिधिका रूपमा चार जना प्रतिनिधि छनोट भएका छन्। जसमा रतन बहादुर रावत, लोक प्रसाद उपाध्याय, बबरजङ् शाही र दन्तराज रावत रहेका छन्।

नयाँ कार्यसमितिले गाउँपालिकास्तरमा कर्मचारीहरूको हकहित, समन्वय र विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै, छनोट भएका जिल्ला प्रतिनिधिहरूले जिल्लास्तरमा संगठनको आवाज उठाउने र नीतिगत सुधारमा योगदान पुर्‍याउने विश्वास लिइएको नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)का जिल्ला सचिज उत्तम देवकोटाले बताए।

उनका अनुसार नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) ले कर्मचारीहरूको पेशागत विकास, अधिकार सुनिश्चितता र सेवा प्रवाहमा सुधार ल्याउन निरन्तर प्रयासरत रहेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार