सोमबार, २ असार, २०८२

जुम्लाको सिमखाडामा आगलागी हुँदा दुई घर जलेर नष्ट

आगाेले धर्मलाल उपाध्याय र नन्दसरण उपाध्यायकाे घर पुर्ण रूपमा जलेर नष्ट भएका छन् भने एक घरमा आंशिक क्षति भएको छ।

चन्दननाथ नगरपालिका -३ सिमखाडामा आगलागी भएको छ। अन्दाजी दिउसाे २:४५ बजे तिर स्थानीय धर्मलाल उपाध्याय, नन्दसरण उपाध्याय र मयालाल उपाध्यायकाे घरमा आगलागी भएको हाे।

घरमा सरस्वती पुजा गर्नकाे लागि बालेकाे दियाेबाट आगलागी भएको आशंका गरिएको छ। तथापि आगलागीको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

प्रहरीका अनुसार अचानक घरमा लागेकाे आगाेले धर्मलाल उपाध्याय र नन्दसरण उपाध्यायकाे घर पुर्ण रूपमा जलेर नष्ट भएका छन् भने एक घरमा आंशिक क्षति भएको छ।

सिमखाडा गाउँमा पानीकाे अभाव र सुख्खा भएकाले आगाे नियन्त्रणमा समस्या भएकाे छ। नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, नगर प्रहरी र स्थानीयकाे सक्रियतामा आगाे नियन्त्रण गर्ने प्रयास भइरहेकाे छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार