पछाईंले श्री खड्गदेवी माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री र टोपी वितरण गर्दै बालबालिकाको अनुहारमा खुशी झल्काउन सफल भइन्।
समाजसेवाको उदाहरण बनेकी शारदा पछाईंले आफ्नो जन्मदिनलाई परोपकारी कार्यसँग जोड्दै निम्न आयस्रोत भएका बालबालिकालाई सहयोग गर्दै आएको परम्परालाई यस वर्ष पनि निरन्तरता दिएकी छिन्।
जुम्लाको दुर्गम क्षेत्रको विटक गाउँ, मनिसाँघु पुगेर उनले यस पटक १६ जना दलित बालबालिकासँग आफ्नो जन्मदिन मनाइन्।
पछाईंले श्री खड्गदेवी माध्यमिक विद्यालयमा अध्ययनरत ती बालबालिकालाई शैक्षिक सामग्री र टोपी वितरण गर्दै बालबालिकाको अनुहारमा खुशी झल्काउन सफल भइन्।

दुर्गम क्षेत्रमा शिक्षा र आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकाका लागि उनले गरेको यो योगदानले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ।
“सानैदेखि बालबालिकालाई सहयोग गर्ने मेरो रुचि हो। त्यसैले हरेक वर्ष कुनै न कुनै ठाउँका बालबालिकासँग आफ्नो जन्मदिन मनाउने गर्छु,” पछाईंले आफ्नो अनुभूति सुनाउँदै भनिन्।
उनका अनुसार, बालबालिकालाई सहयोग गर्नु मात्र होइन, उनीहरूसँग समय बिताएर उनीहरूको खुशी र हर्षमा सहभागी हुनु पनि उत्तिकै महत्वपूर्ण छ।
पछाईंको यो प्रयासले शिक्षा र सशक्तीकरणमा योगदान गर्न चाहने अन्यलाई पनि प्रेरणा दिएको छ।

दुर्गम क्षेत्रमा बालबालिकाका लागि शैक्षिक सामग्री वितरण गर्नुले उनीहरूको शैक्षिक यात्रामा थप उत्साह थप्न मद्दत पुर्याएको छ।
जुम्लाको विकट क्षेत्रमा पुगेर जन्मदिन मनाउनु पछाईंको परोपकारी व्यक्तित्व र समाजप्रतिको उत्तरदायित्वको प्रतीक हो।
उनको यस प्रकारको सक्रियताले समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने सन्देश दिन्छ।
शारदा पछाईंको यस उदाहरणीय कार्यले जन्मदिनलाई व्यक्तिगत खुशीको सीमाभन्दा पर लैजाँदै सामूहिक खुशी र सहयोगको रूप दिएको छ।
