सोमबार, ८ पुष, २०८१

कालिकोटको रास्कोटमा ३ दिने स्वास्थ्य शिविर सम्पन्न: १,३८७ भन्दा बढी बिरामीलाई सेवा

स्त्री रोग र प्रसूति सेवामा करिब ६०० जना महिलाहरूले स्वास्थ्य परामर्श र उपचार प्राप्त गरेका थिए। कुल १,३८७ भन्दा बढी बिरामीहरूले शिविरबाट सेवा पाएको उपकुलपति डा. रावलले बताए।

कालिकोटको रास्कोट अस्पतालमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालका चिकित्सकहरूको समन्वयमा तीन दिने स्त्री रोग तथा अर्थोपेडिक स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त शिविरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल स्वयं उपस्थित भई बिरामीहरूको उपचारमा संलग्न हुनुले स्वास्थ्य सेवाको पहुँचलाई ग्रामीण क्षेत्रमा पुर्‍याउने यो पहल थप प्रभावकारी बनेको छ।

शिविरमा अर्थोपेडिक्स सम्बन्धी सेवाबाट करिब ८०० जना बिरामी लाभान्वित भएका छन्, जसमा ७८७ बिरामीहरूको औपचारिक दर्ता गरिएको थियो।

स्त्री रोग र प्रसूति सेवामा करिब ६०० जना महिलाहरूले स्वास्थ्य परामर्श र उपचार प्राप्त गरेका थिए। कुल १,३८७ भन्दा बढी बिरामीहरूले शिविरबाट सेवा पाएको उपकुलपति डा. रावलले बताए।

शिविरलाई सफल बनाउन रास्कोट नगरपालिकाको सक्रिय सहयोग रहेको थियो। यस स्वास्थ्य शिविरले गाउँका मानिसहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ आयोजना गरिएको थियो।

ग्रामीण क्षेत्रमा यस्तो स्तरीय स्वास्थ्य शिविर आयोजना गर्न प्रतिष्ठानको ठूलो योगदान रहेको रास्कोट नगरपालिकाले बताएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार