सोमबार, ८ पुष, २०८१

पातारासीका युवाले गरे बढिखोली सडक मर्मत, यातायात आवागमनमा सहजता

पातारासीका स्थानीय युवा प्रदीप बिष्ट, पृथ्वी बुढा र अर्जुन महताराको पहलमा डोजर प्रयोग गरी सडक मर्मत गरिएको हो। 

जुम्ला सदरमुकाम खलंगा, जुम्ला विमानस्थल हुँदै पातारासी गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने बढिखोली सडक खण्डमा स्थानीय युवाहरुले मर्मत कार्य सम्पन्न गरेका छन्। 

वर्षाको समयमा बाढीका कारण बिग्रिएको र खाल्डाखुल्डीले भरिएको उक्त सडक खण्डमा सवारी साधनको आवागमनमा कठिनाइ उत्पन्न भएको थियो।

पातारासीका स्थानीय युवा प्रदीप बिष्ट, पृथ्वी बुढा र अर्जुन महताराको पहलमा डोजर प्रयोग गरी सडक मर्मत गरिएको हो। 

अर्जुन महताराका अनुसार, ल्होर्पगाउँको पुलदेखि उर्थुचौतारा दोफाड्नासम्म करिब साढे तीन किलोमिटरको सडकमा खाल्डाखुल्डी पुरिएको छ।

महताराले मर्मत कार्यमा करिब एक लाख ८० हजार रुपियाँ खर्च भएको जानकारी दिए। 

उनका अनुसार, सवारी साधनको आवतजावतलाई सहज बनाउन यो मर्मत कार्य गरिएको हो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार